
मुक्तिनाथ विकास बैंकका दुई शाखा कार्यालय गाभिने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई एक आपसमा गाभ्ने भएको छ। बैंकले २०८३ असोज २१ गते सूचना जारी गर्दै आगामी पुस २१ गतेदेखि शाखा गाभिने जानकारी दिएको हो।
बैंकका अनुसार गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिका–१ स्थित हरिचोक शाखा (०११) बगर शाखा (१७८) मा गाभिनेछ। हरिचोक शाखाबाट हुने बैंकिङ कारोबार त्यसपछि बगर शाखाबाट सञ्चालन हुनेछ। यी दुई शाखाबीचको दूरी करिब ८०० मिटर रहेको बैंकले जनाएको छ।
त्यस्तै, बागमती प्रदेशअन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित सल्यानटार शाखा (११४) आरुघाट शाखा (०२९) मा गाभिनेछ। उक्त दुई शाखाबीचको दूरी करिब १.५ किलोमिटर रहेको छ।
शाखा गाभिएपछि सम्बन्धित शाखाबाट बैंकिङ कारोबार गर्दै आएका ग्राहकले गाभ्ने शाखा कार्यालयबाटै पूर्ववत् रूपमा आफ्नो कारोबार सञ्चालन गर्न बैंकले अनुरोध गरेको छ।


