
नेपाली कांग्रेसमा विद्यमान गुट, उप-गुट सक्किएको गगन थापाको दाबी
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ घोषणा गरेका छन् । उनले आफ्नो पार्टीभित्र विद्यमान सबै किसिमका गुट उप गुटहरु अब अन्त्य भएको दाबी गरेका हुन् ।
हाल राजधानीमा संचालित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र टुंग्याउने क्रममा उनै थापाले कोइराला, पौडेल गुट अबको कांग्रेसमा नरहेको बताएका हुन् ।‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो । कुनै समूह छैन । आजदेखि सबै सकियो गुट,’ उनले सुनाए।
यता, साभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गर्दै पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने जनाए।
साथै, थापाले यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गर्ने सुनाउँदै आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिनेमा जोड दिए ।
अब सभापति थापाले महाधिवेशनको अत्यसँगै स्थानीय निर्वाचनसम्म दिनरात खटिने र कांग्रेस महाधिवेशनको बन्दसत्र पनि समापन भएको सकिएको घोषणा गर्न पुगे। भोलि बिहान १० बजेदेखि नयाँ नेतृत्व चयनको मतदानले अहिले चर्चा पाएको अवस्था छ ।


