
एसबिआई बैंकको मनकारी कदम : परोपकार तथा अनुसन्धान केन्द्रलाई दियो सहयोग
काठमाडौं । नेपाली बैंक वित्तीय क्षेत्रमा आफ्नो छुुट्टै पहिचान स्थापना गर्न सफल नेपाल एसबिआई बैंकले सहयोग प्रदान गरेको छ । उसले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।
बैंकले परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोड, झापाका अशायाह तथा मानसिक अशक्त नागरिकहरुमा सहयोग गरेको हो । सोही बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितीमा सो आश्रमका अध्यक्ष बिष्णु कार्कीलाई विभिन्न सामग्रीहरु प्रदान गरिएको हो ।
त्यस्तो सहयोग प्रदान गर्न बैंकका डीसीईओ एवम् प्रमुख संचालन अधिकृत विकास आनन्द उपस्थित थिए । त्यसरी नै प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडादेखि प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोईराला, कोशी प्रदेश प्रमुख, दमयन्ती जोशी र बैंक तथा आश्रमका अन्य पदाधिकारीहरुको उपस्थिति जनाए ।
हाल नेपाल एसबिआई बैंकले इटहरी उपमहानगरपालिका –१, धरान रोड, सुनसरीमा रहेको बैंकको इटहरी शाखा सोही उपमहानगरपालिकाको वडा नं–०९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले इलाम नगरपालिका –१ इलाम बजारमा रहेको इलाम शाखा, सोही नगरपालिकाको वडा नं–०७ स्थित इलाम बजारमा स्थानान्तरण गरी दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरे ।
सोही शाखा कार्यालयहरुको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले गरेको बेलामा ग्राहकवर्गलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको हो ।
साथै, नेपाल एसबिआई बैंक लि.ले बिगत ३३ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको तथा अहिले सोही बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालन रहेको जनाइएको छ ।


