
मेटलाइफ नेपालद्वारा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा क्यासलेस उपचार दाबी सेवा सुरु
काठमाडौं, २४ सेप्टेम्बर २०२६ – आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यले मेटलाइफ नेपालले किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग साझेदारी गरेको छ । यस साझेदारीअन्तर्गत कर्मचारी लाभ बीमा योजना (Employee Benefits) अन्तर्गतका योग्य ग्राहकले अस्पतालमा भर्ना हुँदा नगदरहित (क्यासलेस) उपचार सेवा लिन सक्नेछन् । यस सेवाले उपचारका लागि सुरुमै गर्नुपर्ने भुक्तानी घटाउनुका साथै दाबी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन सहयोग गर्नेछ ।
स्वास्थ्यसम्बन्धी आवश्यकता प्रायः अप्रत्याशित रूपमा आउन सक्छ । यस्तो अवस्थामा अस्पताल भर्ना हुने प्रक्रिया तथा उपचार खर्चको दाबी र भुक्तानी फिर्ता पाउने प्रक्रियाले थप तनाव सिर्जना गर्न सक्छ । किस्टसँगको यस साझेदारीमार्फत मेटलाइफका कर्मचारी लाभ (Employee Benefits) ग्राहकले बीमा योजनाका नियम तथा सर्तहरूअनुसार नगदरहित उपचार सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकलाई उपचार र स्वास्थ्यलाभमा ध्यान केन्द्रित गर्न सहज बनाउँदै उपचारसँग जोडिएका प्रशासनिक तथा आर्थिक झन्झटलाई कम गर्न सहयोग गर्नेछ ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालका स्थापित शिक्षण अस्पतालमध्ये एक हो। ललितपुरस्थित आफ्ना स्वास्थ्य सुविधामार्फत अस्पतालले विभिन्न प्रकारका सामान्य तथा विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । साथै, यसले देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको

