
भिसाद्वारा हिमालयन बैंकलाई दुईवटा महत्वपूर्ण अवार्ड प्रदान
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।
व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम Acquirer रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित ‘Excellence in Contactless Acquiring’ / ‘Excellence in POS Acquiring Business – Principal Client’ गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको छ ।
भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ ।
हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९,००० भन्दा बढी पीओएस टर्मिनल र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


