
सन नेपाल लाइफकाे व्यतित बीमालेख पुनर्जागरणमा ७५% ब्याज छुट
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सले विविध कारणवश किस्ता बुझाउन छुटेर व्यतित (निष्कृय) भएका बीमालेखहरू पुनः सुचारु गर्न पचहत्तर प्रतिशत विलम्ब शुल्क (ब्याज) छुटको विशेष सुविधा ल्याएको छ । कम्पनले व्यत्तित बीमालेख पुन सुचारु गर्दा असोज ८ देखि २६ गतेसम्म ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको हो ।
कम्पनीले यस्तो ब्याज छुट सुविधा व्यतित मितिबाट २ वर्ष ननाघेका बीमालेखलाई मात्र प्रदान गरिने जनाएको छ । त्यस्तै यो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने पनि कम्पनीको सूचनामा भनएिको छ ।
त्यस्तै यसरी ब्याज छुट सुविधाको उपयोग गरी नवीकरण गरिएका बीमालेखहरु नवीकरण मिति पश्चात् कुनै पनि समयमा समर्पण गर्न चाहेमा उक्त छुट रकम कट्टा हुने कम्पनीले जनाएको छ । आफ्नो र परिवारको वित्तीय सुरक्षालाई निरन्तरता दिन यो सुवर्ण अवसर नगुमाउन कम्पनीले जानकारी दिएको हो।

