
नेपाल लाइफका ब्रान्डिङ हेड अमित झाको, कामना सेवा विकास बैंकमा सानदार प्रवेश
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अब्बल ठहरिएका बजार व्यवस्थापन विज्ञ अमित झा कामना सेवा विकास बैंकमा आवद्ध भएका हुन् । ब्रान्डिङको क्षेत्रमा सबल रहेका उनले एक वित्तीय संस्थामा राम्रो पहिचान बनाउँदै अर्को वित्तीय संस्थामा प्रवेश गरेका हुन् ।
झासँग यस अघि नेपालमा राम्रो नाम चलेका बैंक वित्तिय संस्थासँगै, अन्य कर्पोरेट क्षेत्रको समेत ज्ञान, अनुभव रहदै आएको छ ।
बैंकिंग क्षेत्रमा उनले सिटिजन्स बैंक, महालक्ष्मी विकास बैक लगायतमा समेत कार्य अनुभव हाँसिल गरेका छन् ।
कामना सेवा विकास बैंकमा उनको प्रवेशले बैंकको बजार व्यवस्थापनमा थप मद्धत पुग्ने तथा कम्पनीले नयाँ उचाई लिने विश्वास लिइएको छ ।

