
चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार केन्दीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।
समीक्षा मार्फत राष्ट्र बैंकले २०८३ पुस मसान्तदेखि लागू हुने गरी “क” वर्गका वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा तथा सापटको न्यूनतम १० प्रतिशत कर्जा कृषि क्षेत्रमा र न्यूनतम २० प्रतिशत कर्जा अन्य तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी, “ख” वर्गका वित्तीय संस्थाले आफ्नो कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत कर्जा तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै, “ग” वर्गका वित्तीय संस्थाले पनि कुल कर्जा तथा सापटको न्यूनतम १५ प्रतिशत कर्जा तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
Loading Viewer...

