


गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल दियो




काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ । गोल्छा ग्रुपले मंगलबार काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५०सिसि) मोटरसाइकल हस्तान्तरण गरेको हाे ।
काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन्। मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सो ग्रुपका अध्यक्ष शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।