

फोटोनको मेगा मनसुन सर्भिस क्याम्पमा सवारी धनीलाई विशेष सुविधा




काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा ‘मेगा मनसुन सर्भिस क्याम्प’ औपचारिक रूपमा सुरु गरेको छ । वर्षायामका चुनौतीपूर्ण सडक परिस्थितिमा सवारीलाई सुरक्षित र उत्कृष्ट अवस्थामा राख्ने उद्देश्यले सुरु गरिएको अभियान दुई महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, सर्भिस क्याम्पले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारी साधनलाई समेट्छ । सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, निःशुल्क सवारी वास, ग्रिजिङ सेवा र आँखाको स्वास्थ्य परीक्षणसमेत उपलब्ध हुनेछ, जसले चालकको सम्पूर्ण स्वास्थ्यप्रति पनि फोटोनको प्रतिबद्धता झल्काउँछ ।
फोटोन टोटल केयरका दक्ष प्राविधिकहरूले प्रत्येक सर्भिस सेन्टरमा निःशुल्क विस्तृत सवारी परीक्षण गर्नेछन् । यसमा पावरट्रेन, इलेक्ट्रिकल कम्पोनेन्ट, चेसिस र संरचनात्मक भागसहितका सबै महत्त्वपूर्ण प्रणालीको जाँच समावेश हुनेछ, जसले सवारीलाई प्रतिकूल मौसममा पनि भरपर्दो बनाउँछ ।
आयोजकका अनुसार, यो क्याम्प वर्षायाममा व्यावसायिक तथा व्यक्तिगत दुवै प्रकारका सवारीहरूमा देखिन सक्ने सामान्य समस्या समाधानमा लक्षित छ । यसमा सहभागी भई गाडी धनीहरूले आकस्मिक मेकानिकल खराबीबाट बच्न र सवारीको भरपर्दो सञ्चालन कायम राख्न सक्नेछन् ।
फोटोनका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलका अनुसार, यो अभियान गुणस्तरीय सर्भिस, ओरिजिनल पाट्र्स र दक्ष प्राविधिकमार्फत ग्राहकलाई उत्कृष्ट आफ्टर सेल्स सेवा दिने आफ्नो प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो । ग्राहकहरूले जानकारी र बुकिङका लागि फोटोन टोटल केयर टोलीलाई ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गर्न सक्नेछन् ।
एमएडब्लू वृद्धि कमर्सियलले नेपालमा विश्वस्तरीय व्यावसायिक तथा प्यासेन्जर सवारीसाधन र न्यू इनर्जी सोलुसन्स उपलब्ध गराउँदै आएको छ ।