

मौलाकालिका केबलकार ९ करोडको व्यापार गर्न सफल




काठमाडौं । नेपाल उधोग वाणिज्य बैंकका अध्यक्ष चन्द्र ढकालको लगानीमा सञ्चालनमा आएको नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका केबलकारले गत आवको ९ महिनामा ९ करोढ १० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१६ मा स्थापना भएको यस कम्पनीले सन् २०२४ मा १० करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, सन् २०२३ मा २ करोड ४० करुोड रुपैयाँको व्यापार गरेको थियो ।
यसैगरी, गत आवको ९ महिनामा यस कम्पनीको कुल सञ्चालन आम्दानी (ओबिड्टा/ओई) ८३ प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीको वर्षेनी बढ्दो छ । सन् २०२४ मा यस कम्पनीको यस्तो आम्दानी ७९ प्रतिशत रहेको थियो । सन् २०२३ मा यस्तो आम्दानी ६३ प्रतिशत रहेको थियो ।
यस कम्पनीले दिर्घकालिन ऋणको लागि १ अर्ब ४२ करोड १० लाख रुपैयाँ रेटिङ गराएको छ । कम्पनीको ऋणलाई इक्रा नेपालले ‘इक्रा एनपि डबल एल’ रेटिङ दिएको छ । २०१६ मा स्थापना भएको यो कम्पनी २०८० को सुरुवातसँगै नवलपुरको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि सञ्चालनमा ल्याईएको हो ।