

जीवन बीमा कम्पनीको व्यवसायमा उत्साहजनक प्रगती, १ खर्ब ८१ अर्बको व्यापार गर्न सफल




काठमाडौं । जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा हाँसिल गरेको व्यवसायीक विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको त्यस्तो तथ्यांकलाई आधारमान्दा उनीहरुले १ खर्ब ८१ अर्ब रुपैयाँको व्यवसाय गरेका हुन्।
यता, गएको आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको अवस्था छ।
समिक्षा अवधिसम्मा नेपाल लाइफले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २६.४८ प्रतिशत बीमा शुल्कको संकलन गरेको बेलामा उसले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।
त्यसरी नै समिक्षा अवधिमा नेपाल लाइफपछि नेशनल लाइफ र भारतीय सरकारको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपालले ठूलो व्यवसाय आर्जन गरेका छन्। तथ्यांक अनुसार नेसनल लाइफले कुल जीवन बीमा बजारको १२.३६ प्रतिशत बीमाशुल्क आर्जन गरेको बेलामा लाइफ इन्स्योरेन्स कर्पोरेसनले १०.९८ प्रतिशत हिस्सा हात पारेको हो ।
त्यस्तै, हिमालयन लाइफले ९.७३ प्रतिशत, सूर्यज्योति लाइफले ६.१७ प्रतिशत, एसियन लाइफले ५.६५ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ५.४३ प्रतिशत हिस्सा ओगेटको बेलामा सिटिजन लाइफल, सानिमा रिलायन्स इन्स्योरेन्स, मेट लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ रिलायवल नेपाल लाइफ र सन नेपाल लाइफले भने कुल बीमा शुल्क संकलनमा ५ प्रतिशतभन्दा कम हिस्सा हात पारेको तथ्यांकमा देखिन्छ ।
अन्य व्यापार व्यवसाय प्रत्यक्ष रुपमा प्रभावित भएको बेलामा जीवन बीमा व्यवसाय बढ्दो क्रममा रहनुलाई यसका जानकारहरुले बीमा चेतनाको स्तरमा समेत निकै हदसम्म वृद्धि हुँदै गएको बताएका छन् ।