

नाइमामा संचालित आइएमई खल्तीको स्टल, फ्रि ब्ल्यूबुक रिन्यूदेखि गिफ्ट ह्याम्फरसम्म




काठमाडौं । हाल राधानीको भृकृटी मंण्डपमा संचालित नाइमा अटो सोलाई जोडेर भुक्तानी सेवा प्रदायकको नाम सम्झने हो भने त्यसमा खल्ती एप छुट्दैन । विगतमा खल्तीमार्फत कारोबार गर्दै आएको उसले यही श्रावण महिनाबाटै आईएमई खल्तीको नयाँ अस्थित्व समेत रच्न सफल भएको छ । आज हामीले खल्ती र नाइमालाई समेत थोरै जोडेर हेर्यौं।
जो कोही नाइमाको मेलामा प्रवेश गर्छ भने यसले निकै बाहिरबाट भुक्तानी सेवा प्रदायकका ठूला होर्डिंग बोर्ड देख्न सक्छ । त्यस्तो बोर्ड अरु कुनै सेवा प्रदायकको नभई आइएमई खल्तीको हो ।
त्यसरी बोर्ड देखिनु मात्र नभई नाइमाबा टिकेट लगायत भुक्तानीको पार्टरनको रुपमा समेत नै उसले काम गरेको अवस्था छ । विभिन्न ब्राण्डका गाडी, मोटर साईकलका स्टल घुम्दै गर्दै करिब मध्यतिर देखिन्छ आईएमईको स्टल । जहाँ पुगेर एक प्रश्न गरियो, गाडीको मेलामा खल्तीको स्टल छ, आर्ईएमई खल्तीले के अफर दिएको छ ।
साथै, छेउमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको समेत लोगो राखेको प्रर्चा उसले बाढ्ने गरेको रहेछ । यही क्रममा आईएमई खल्तीको स्टमा रहेको एक कर्मचारीले जवाफ दिए, हामीले यो नाइमामा विभिन्न अफरहरु ल्याएका छौं ।
यस्तो छ अफर
नाइमाको मेला अवधि भर तपाई हामी जो कोहीले आफ्नो सवारीको ब्ल्यू बुक रिन्यू गर्न चाहेमा खल्तीका कर्मचारीहरुले होम डेलिभरीको सुविधा दिने रहेछन् । भनाई मतलब तपाईको घरमा आएर ब्ल्यू बुक लिने, यातायातमा गएर कर तिर्दिने र फेरी ब्ल्यू बुक घरसम्म ल्याउने गरेका रहेछन् । यस्तो बेलामा जम्मा यातायातमा जाने र आउने आवत जावतको खर्च भने आईएमई खल्ती स्वयम्ले व्योहोर्ने बुझिएको छ ।
त्यस्तो सुविधा लिन चाहने ग्राहकले अरु केही नभई आईएमई खल्तीको एम भने डाउनलोड गर्नु पर्ने र त्यही अनुसार खल्तीले सेवा दिने बताइएको छ ।
नाइमामा आईएमई खल्तीले के दिन्छ ?
नाइमा मेलामा समेत आईएमई खल्तीले एउटा स्क्यान कोड राखेको छ । भनाईको मतलब त्यस्तो कोड स्क्यान गर्दा ग्राहकले सानादेखि ठूला गिफ्टहरु पाउने व्यवस्था गरिएको छ । कतिपय अवस्थामा आईएमई खल्तीको त्यस्तो स्क्यान योजनमा धेरै ग्राहकहरु इच्छुक रहेको पनि देखिएको छ ।
आईएमई खल्ती शरिर भरी बेरेर मेला घुमाईदै
अर्को काइदाको दृश्य पनि मेलामा देखिन्थ्यो । त्यस्तो दृश्य आईएमई खल्तीको नाम जोडेको व्यानरवाला व्याग बोकेर एक यूवकले नाइमामा धेरै पटक हिडेर राउण्ड लगाएका थिए ।
यसरी नाइमाको समर्थनमा आईएमई खल्ती जुटेको अवस्था छ ।