

काठमाडौं महानगरलाई फोहोर व्यवस्थापन सम्बन्धी टेन्डर रद्द नगर्न उच्चको आदेश




काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर समायोजन गर्न जारी गरिएको टेण्डर उच्च अदालत पाटनले रद्द नगर्न आदेश दिएको अवस्था छ । हाल काठमाडौंमा दैनिक फोहोर व्यवस्थापन गर्नुपर्ने खाँचो रहेको बेलामा सार्वजनिक हित एवं सरोकारको विषय रहेको सुनाउँदै उच्चले त्यस्तो आदेश दिएको हो ।
यता, न्यायाधीशहरू चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको इजलासले २४ असोज २०८१ मा जारी भएको बोलपत्रको सूचना सदर गर्न आदेश जारी गरेको छ। त्यसतो आदेशमा आगामी दिनमा फोहोर व्यवस्थापनको परियोजना कुनै पनि किसिमका असर नपार्न समेत भनिएको छ ।