

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं




काठमाडौं । उच्च अदालत पाटनबाट धरौटी बुझाएर छुट्न मिल्ने आदेश पाएका समाजसेवी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई डिल्लीबजार कारागारबाट रिहाई गरिएको हो ।
यता, उनलाई उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्न आदेश दिएको थियो।
केही समय अघि मात्रै त्यसरी रिहा गर्नका लागि प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो भने उच्च अदालत, पाटनले आजै उनलाई चैत १५ मा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा समेत तीन लाख धरौटीमा छुट्ने आदेश जारी गरेको थियो।
साथै, न्यायाधीश टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्धामा धरौटीमा छोड्न आदेश दिएको थियो ।
अदालताबाट बाहिरीने क्रममा बोल्न खोजेका प्रसाईलाई तत्काल प्रतिक्रीया दिन भन्दा पनि प्रहरीले घर जान संकेत गरेको थियो । सोही कारण प्रतिक्रीया नदिई अघि बढेका प्रसाईंलाई उनको स्वास्थ अवस्थालाई ख्यालमा राखेर तत्काल रिहा गरिएको बताइएको छ । यद्यपी उनले यस बिचमा अनेकौं दिनहरु कारागारमा बिताइसकेको अवस्था छ ।