

समाजसेवी दुर्गा प्रसाईंलाई अदालतले भन्यो २५ लाख धरौटीमा छाड्नु




काठमाडौँ । एकासाथ राजनीति, व्यापार व्यावसाय, समाज सेवा तथा कहिले काही मनमा आएका अभिव्यक्ती फिल्टर नगरी सिधै बोल्ने व्यक्तीको रुपमा पछिल्लो समय ठूलो चर्चा कमाएका राजावादी आन्दोलनका नेता समेत रहेका उनै दुर्गा प्रसाईलाई उच्च अदालत पाटनले २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
उनलाई उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुर दुवैमा धरौटीमा छाड्न आदेश दिएको बताइएको हो ।
त्यसरी रिहा गर्नका लागि प्रसाईलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ भने उच्च अदालत, पाटनले आजै उनलाई चैत १५ मा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा समेत तीन लाख धरौटीमा छाड्न आदेश प्रदान गरेको छ ।
साथै, न्यायाधीश टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको इजलासले राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको मुद्धामा धरौटीमा छोड्न आदेश दिएको बेलामा अहिले उनका समर्थक तथा केही फरक मत राख्नेहरु दुवै थरीको ध्यान एकाएक उनै प्रसाईं माथि केन्द्रित भएको अवस्था छ ।
कतिपय अवस्थामा देशमा रहेका विद्यमा भष्टाचार, त्यस्ता गतिविधि गर्ने व्यक्तीहरुलाई आफूले सिधै पहिचान गरेको भन्दै ठाड, ठाडै अभिव्यक्ती दिने व्यक्तीको रुपमा समेत उनि चिनिन पुगे ।
यद्यपी राजावादी आन्दोलनमा हिसांत्मक गतिविधि हुँदा त्यस्तो जिम्मा लिन ढिलाई गरी प्रहरी नियन्त्रणबाट पर पुगेका प्रसाईं अब भने फेरी रिहा भएर बाहिर आउने भएका हुन् । त्यो पनि अदालतले नै उनलाई रिहा गर्न आदेश दिइसकेको अवस्था छ ।