

कक्षा १२ को नतिजा सार्वजनिक




काठमाडौं । (प्लस टु) यानकी कक्षा १२ को परीक्षाको परिक्षाफल सार्वजनिक भएको छ। सोही अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले सो नतिजा बाहिर ल्याएको हो ।
उक्त नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट
https://neb.ntc.net.np बाट नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ।
साथै, यसपालि ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल हुँदा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेको बोर्डले जनाएको हो ।