

मेटलाइफ नेपाललाई प्रतिष्ठित ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रद्वारा सम्मान




काठमाडौं । मेटलाइफ नेपाल विश्वभरका सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयहरुसँगै “ग्रेट प्लेस टु वर्क“ को मान्यता प्राप्त गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गर्ने सूचीमा सामेल भएको छ । यो उपलब्धि मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ—जहाँ सबै कर्मचारीहरू सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्छन् ।
गत महिना, मेटलाइफका विश्वभरका ३३ बजारका २४,००० भन्दा बढी कर्मचारीहरूले ग्रेट प्लेस टु वर्क इनडेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए, जुन विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डको रूपमा मानिन्छ । नेपालले ग्लोबल बेन्चमार्कभन्दा धेरै उच्च परिणाम हासिल गरेर, मेटलाइफको साझा उद्देश्य, समावेशीता प्रतिको प्रतिबद्धता, र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाउँछ ।
“यो मान्यता केवल एउटा उपलब्धि होइन—हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो,” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भन्छन् । “जब कर्मचारीहरूले आफूलाई विश्वास गरिएको, सम्मान गरिएको र सशक्त बनाइएको महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन र त्यसले हाम्रा ग्राहक, समुदाय र एक–अर्काका लागि ठूलो प्रभाव पार्दछ ।”
मेटलाइफको बारेमा
MetLife, Inc. (NYSE: MET), आफ्ना सहायक र सम्बद्घ संस्थाहरु सहित (“MetLife”) वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife,, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नु होस् ।
मेटलाइफ नेपालको बारेमा
MetLife, Inc को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा MetLife सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ । नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ । थप जानकारी का लागि, कृपया www.metlife.com.np हेर्नु होस वा ९७७ –१–५९७०१६६ मा फोन गर्नुहोस ।