

नेपाली बीमा क्षेत्र बामेसर्दै गर्दा उदायको प्रभु इन्स्योरेन्स अब ३० वर्षमा प्रवेश




काठमाडौं । नेपाली बीमा क्षेत्रमा आफ्नोछुट्टै छवि स्थापना गर्न सफल प्रभु इन्स्योरेन्सले आफ्नो व्यावसायीक जीवनको २९ औं वर्ष पार गर्दै ३० वर्षमा प्रवेश गरेको छ । तीन दशक लामो इतिहास बोकेको उक्त निर्जीवन बीमकले नेपाली बीमा क्षेत्रको विभिन्न उत्तर चढाव खेप्दै नयाँ अध्याय आरम्भ गर्न सफल भएको हो ।
सोही कम्पनीको सुरुवाती चरणमा समेत नेपाली बीमा क्षेत्र आफै बामे सर्ने स्थितिमा रहेको सहजै आँकलन गर्न सकिन्छ भने आजसम्मको नेपाली बीमाको हाइट बनाउँन उक्त कम्पनी स्वयमलाई एउटा खम्बाको रुपमा लिन सकिन्छ ।
यसको साथै, विभिन्न किसिमका नेपाली बीमा योजनामा प्रभु इन्स्योरेन्सले अन्य कम्पनीको तुलनाका नेपाली बीमा बजारमा कतिपय अभ्यासहरु र नौलौ थालनीमा समेत अग्र स्थानमा भेट्टाएको छ। सोही कम्पनीले मुख्यतय नेपाली बीमा क्षेत्रमा हवाई बीमा, स्वाथ्य बीमा, मोटर बीमा लगायतमा आफूलाई अब्बल साबित गरेको छ । त्यस्तो अब्बल यस मानेमा कि केही वर्ष अघिका कतिपय ठूला हवाई दुर्घटना खेपेको उक्त कम्पनीले आफ्नो जोखिमभार र दायित्व समेत समयमा नै फरफारक गरेका कारण सो कम्पनीले आफ्नो छुट्टै छवी कायम गरेको छ ।
जोखिममा रहेका बीमित, किसान, विद्यार्थी, न्युन आय भएका व्यक्तीदेखि ठूला कर-कारखाना चलाएका साहुहरुलाई समेत बीमाको दायरामा ल्याउँन रातदिन नभनि लाग्ने उक्त कम्पनीको कदममा हामीले पनि साथ दिन जरुरी छ । कतिपय सुधारका पाटाहरुलाई कम्पनीले भित्री रुपमा मनन् गर्दै नेपाली बीमा बजारमा थप उचाई चुम्दै जाँओस् ।
प्रभु इन्स्योरेन्सको स्थापना दिवसको अवसरमा कम्पनीलाई शुभकामना नै शुभकामना ।
हाल प्रभु इन्स्योरेन्सको नेत्तृत्वमा नेपालका कान्छा सीईओ संन्चित बज्राचार्य छन् । मर्जरको बाटो नअपनाई एक्लै आफ्नो व्यावसायीक यात्रा गरि रहेको र नेपाली बीमा बजारमा विभिन्न किसिमको योगान पुर्याउँदै आएको सोही कम्पनीलाई आगामी दिनमा समेत बीमितहरुको दाबी भुक्तानी फरफारकमा थप सबल बन्दै, छुट्टै उचाई चुम्न सक्ने साहास मिलोस् । शुभकामना ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स )