

हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको बिजेता सार्वजनिक




काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लिले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर को विजेता आधिकारिक रूपमा घोषणा गरेको छ । अफरको महा पुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको छ।
फेस्टिभ डिलाइट २०८१’ मा चाडपर्व दशैं र तिहारको अवसरमा सुरु गरिएको थियो । यो अभियान भदौ ६ गते देखि कार्तिक २३ गते सम्म सञ्चालनमा थियो । जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रीहेंसिव बीमा, र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका विविध लाभहरू प्रदान गरेको थियो ।
यो अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरू मध्ये एक बनेको छ ।
बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरियो । उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो ।