

ब्रोकर कम्पनीाबाट खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य




काठमाडौं । आगामी दिनमा सेयर कारोबारका लागि ब्रोकर कम्पनीबाट खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ ।
त्यस्तो व्यवस्था नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान केवाईसी विवरणका लागि आवश्यक भएको भन्दै राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको अवस्था छ । त्यस्तो निर्देशन जारी भएसँगै अब नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबारका खाता खोल्दा नै राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर माग्ने भएको हो ।