

अब सवारी लाइसेन्सको नविकरण १० वर्षमा गर्न मिल्ने




काठमाडौं । विगतमा पाँच वर्षको अवधिमा नै नविकरण गर्नु पर्ने सवारी लाइसेन्सको म्यादमा सरकारले हेरफेर गरेको छ। अब सवारी लाईसेन्स नविकरण गर्नु पर्ने समय अवधि १० वर्ष कायम गरिएको हो ।
यता, यातायात व्यवस्था ऐन २०४९ दफा ५४ को उपदफा ३ मा रहेको पाँच वर्षको साटोमा १० वर्ष राखिएको र संशोधित ऐन राजपत्रमा प्रकाशित भएसँगै लागू भएको जनाइएको छ।