

नेपालमा एथर रिज्टा सार्वजनिक हुँदै




काठमाडौं । नेपालमा एथर रिज्डा सार्वजनिक हुने भएको छ । लामो समयदेखि बहु प्रतिक्षित रिज्डा नेपाल भित्रिने अन्तिम तयारी भइरहेको कम्पनीले बताएको हो ।
एथर इनर्जिको नेपालको आधिकारीक वितरक वैद्य इनर्जी प्रा.ली.ले एथर रिज्टाको नेपालमा औपचारिक घोषणा गर्ने भएको हो ।
नेपालकै प्रमुख नव प्रवर्तक तथा मोविलिटी प्रदर्शनी नाइमा एक्सपो २०२५ मा यही साउन २१ गते (अगस्ट ६) मा एथर रिज्टा नेपाली भूमिमा पहिलो पटक सार्वजनिक हुनेछ ।
सोही एथर रिज्टाले भारतमा शहरी मोविलिटीको परिभाषा बदलेको कम्पनीले बताएको छ ।
उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यवहारिक डिजाइन र पारिवारिक सुरक्षालाई मध्यनजर गरिएको अवस्था छ । यस्ता विभिन्न फिचरहरु रहेकाले नेपाली परिवारमा स्कुटर मात्र नभई जीवनको एक अभिन्न अंगको रुपमा यस प्रोटक्टलाई मान्न सकिने कम्पनीले सुनाएको हो ।
वैद्य इनर्जी प्रा.ली. का सीईओ सुर्यांश बैंकका अनुसार रिज्टा केवल स्कूटर होइन स्मार्ट मोविलिटी समाधान हो, जुन हाम्रो धेरै जसो जनसंख्याका लागि उपयुक्त छ । ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँच योग्य बनाउदै ल्याइएको रिज्टामार्फत नेपालमा स्मार्ट र दियो यातायत क्रान्तीमा नेत्तृत्वदायी भूमिका खेलिनेछ ।