

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल रिहा




काठमाडौं । सेयर लगानीकर्ताकै रुपमा आफ्नो छवि स्थापित गरेका लगानीकर्ता दिपेन्द्र अग्रवाल रिहा भएका छन् । उनै अग्रवाललाई आपराधिक लाभ तथा ठगी कसुरमा पक्राउ गरिएको थियो।
यता, जिल्ला अदालत काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएर रिहा भएका अग्रवाल साउन ५ गते काठमाडौंको टोखाबाट प्रहरीको नियन्त्रणमा परेका थिए ।
सोही रिहाइसँगै केही लगानीकर्ताहरुको स्वागत थापेका उनले बाहिर निस्केसँगै सेयरबजारसँग सम्बन्धित कतिपय नेप्सेको परिसूचकको घटबढको विषयमा समेत आफ्नो धारणा राख्न थालेका छन् । उनले आफू प्रकाउ पर्दा बजार घट्ने र रिहा हुने बेलामा नेप्सेको इन्डेक्स बढ्ने संयोग मिलेको लगायतको प्रतिक्रीया व्यक्त गरेका हुन् ।