
ल्यापटप सर्भिसदेखि एक्सचेन्जसम्म सुविधा दिने ‘निओ सर्भिस क्याम्प’
काठमाडौं । ल्यापटप प्रयोगकर्तालाई सर्भिस तथा प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘निओ सर्भिस क्याम्प’ सुरु भएको छ । सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको नियो स्टोरले ‘नेभर स्टप केयरिङ’ अर्थात् ग्राहकलाई निरन्तर ख्याल राख्ने उद्देश्यसहित यो क्याम्प आयोजना गरिएको हो । जसमा ल्यापटपको सफाइ, सर्भिस, प्राविधिक परामर्श, अपग्रेड तथा एक्सचेन्जको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो क्याम्प काठमाडौं र पोखरामा रहेको नियो स्टोरका विभिन्न स्टोरमा सञ्चालन भइरहेको छ । कम्पनीले यस अघि पनि यो कार्यक्रम आयोजना गरेको थियो जसमा ५ हजार भन्दा बढी सहभागी भएका थिए । ग्राहकको उल्लेख्य उपस्थितिलाई मध्यनजर गर्दै कम्पनीले पुन: यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । क्याम्प अन्तर्गत नयाँ तथा पुराना ल्यापटप प्रयोगकर्ताले सेवा लिन सक्नेछन् । आधिकारि रुपमा खरिद गरिएका वा ग्रे मार्केटबाट खरिद गरिएका जुन सुकै ल्यापटपमा यो सेवा उपलब्ध हुनेछ । लामो समय प्रयोग गर्दा ल्यापटपभित्र धुलो तथा फोहोर जम्मा हुन सक्ने भएकाले त्यसलाई सफा गरी ल्यापटपलाई सहज रूपमा चलाउन मद्दत गर्ने उद्देश्यले क्याम्पमा ‘डीप क्लिनिङ’ सेवा उपलब्ध हुनेछ । त्यस्तै, निःशुल्करुपमा ल्यापटपको सामान्य जाँच तथा समस्याबारे प्राविधिक परामर्श लिन सकिने कम्पनीले जनाएको छ । भने सुपथ मूल्यमा नयाँ ल्पापटप खरिद गर्न तथा अपग्रेड गर्न सकिने छ ।
कम्पनीका अनुसार ल्यापटप ढिलो चल्ने, धेरै तात्ने वा काम गर्ने क्रममा समस्या देखिने प्रयोगकर्ताले पनि प्राविधिक परामर्श लिन सक्नेछन् । प्राविधिक टोलीले ल्यापटपको अवस्था हेरेर सम्भावित समस्या र आवश्यक अपग्रेडबारे सुझाव दिने जनाइएको छ । पुरानो ल्यापटपको क्षमता बढाउन चाहिने प्रयोगकर्ताका लागि र्याम, एसएसडी तथा ल्यापटपसँग मिल्ने अन्य हार्डवेयर अपग्रेडको विकल्प पनि उपलब्ध हुनेछ ।
त्यस्तै, क्याम्पमा पुरानो ल्यापटपलाई नयाँ ल्यापटपसँग साट्ने एक्सचेन्ज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । एक्सचेन्ज गर्दा ल्यापटपको ब्रान्ड, मोडल, भौतिक तथा प्राविधिक अवस्था, हार्डवेयर र बजार मूल्य लगायतका आधारमा ल्यापटपको मूल्यांकन हुने उल्लेख छ । भने, ग्राहकले किस्ताबन्दिमा समेत ल्यापटप खरिद गर्न सक्नेछन् । तर, एप्पल म्याकबुकहरुमा भने किस्ताबन्दि तथा सर्भिसिङ सुविधा उपलब्ध नहुने कम्पनीले स्पष्ट पारेको छ ।

