
महिला लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले व्यवस्थापकीय, सहायक तथा सहयोगी श्रेणीका पदहरू खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, कनिष्ठ सहायक, सहयोगी चौथो र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि दरखास्त मागेको छ । वरिष्ठ प्रबन्धक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ७ वर्ष र वरिष्ठ अधिकृत तहमा ४ वर्ष कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ।
साथै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि अनिवार्य गरिएको छ । त्यसैगरी सहायक प्रबन्धक पदका लागि स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ७ वर्ष तथा वरिष्ठ अधिकृत पदमा १ वर्षको अनुभव आवश्यक पर्ने जनाइएको छ ।


