
३६ कम्पनीले पाए घरजग्गा कारोबार गर्न अनुमतिपत्र



काठमाडौं । ३ करोडभन्दा बढी थैली अंक भएको घरजग्गा कारोबारका लागि ३६ वटा कम्पनीले अनुमति पाएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरुबीच घरजग्गा कारोबार गर्न इजाजत दिएको हो।
विभागले मालपोत ऐन, २०३४ को दफा २६ (क) मा रहेको घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाबमोजिम नेपाल सरकारबाट मिति २०८२÷०६÷२७ मा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगर र उपमहानगरपालिका क्षेत्रभित्र बाट आवेदन माग गरेको थियो। जसमा ३६ कम्पनीहरुले घरजग्गा काराबारका लागि इजाजत पाएका हुन्।
विभागले फागुन २५ देखि ३ करोड अंकित थैलीभन्दा बढी कारोबार अनिवार्य रुपमा इजाजतप्राप्त कम्पनीहरुबाटै गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। जसका लागि विभागले ३६ वटा स्वीकृति पाएका कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

