
तत्कालीन किष्ट बैंकका सीईओ कमल ज्ञवाली रिहा
			
				
                
                                                                    
                                                                
काठमाडौं । तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमलप्रसाद ज्ञवालीलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सोमबार पत्नी गौरी खनालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि फैसला गर्दै न्यायाधीश हरिप्रसाद फुँयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार ज्ञवालीलाई रिहा गर्न आदेश दिएको हो ।
ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय सुनाएको थियो। जम्को प्रकाशन प्रालिको नाममा प्रवाह भएको १२ करोड कर्जा कमजोर धितोमा प्रवाह गरेको आरोप लगाईएको थियो ।
त्यसपछि २०७५ असोजमा भारतबाट पक्राउ परेका ज्ञवालीलाई सात वर्षदेखि छाड्न अदालतले परमादेश जारी गरेको हो ।


