
अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्वको दिन तराईमा देखिएन घाम

काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैं, तिहार लगत्तै छठ पर्व मनाइने गरिन्छ । सोही छठ पर्वको दिनमा साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन छ ।
अहिले खोलाको किनारामा छठका गित गुन्जिएका छन्, छठ घाटहरु श्रृगारिएका छन् । भक्तजनहरु चोखो मिठो खाएर, सफा एवम् नयाँ कपडा लगाएर एक चित्त भइ छठ्ठी माइको ध्यानमा व्यस्त छन् ।
यसरी विशेष पूजा आरधना चलिरहेको बेलामा तराई भेगमा भने आज घाम लागेको छैन । अन्य दिनमा या भनौ हिजोसम्म मात्रै दिउँसोको समयमा चर्को घाम लागे पनि आज अर्घ दिने दिनमा घाम देखिएको छैन ।
मौसम विद्हरुले समेत केही दिन वर्षाको सम्भावना देखाएकाले आकाशलाई आशिंकदेखि पूर्ण रुपले बादलले ढाकेको पाइन्छ ।
आकाशमा घाम नदेखिए पनि भक्तजनहरुले आफ्नो शिर आकाशतिर फर्काएर अस्ताएको सूर्यको कल्पना गर्दै धमाधम पूजा गर्न व्यक्त देखिएका छन् ।
छठकै व्रत लिएका कारण सन्तान प्राप्ती, सन्ताको लामो आयू हुने, परिवारमा शान्ती छाउने तथा धनदेवीले समेत बास गर्ने विश्वास गरिन्छ ।
मुख्य गरि नेपालको तराई भेगमा मनाईने छठ पर्वको दिन आफ्ना अनेकौं व्यवसाय बन्द गरेर भए पनि भक्तजनहरु पूजा आजामा व्यस्त देखिन्छन् ।
सोही अवसरमा आफ्नो वातावरण सरसफाई गर्नेदेखि कतिपय सडकमा समेत विभिन्न रंगका रेखाहरु कोरेर ह्याप्पी छठ भन्ने सन्देशहरु प्रवाह गरेको देख्न सकिन्छ ।


