
सेयर बजार राताम्य, कारोबार ६ अर्ब माथि
काठमाडौं । बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको बजारमा आज भने ३६.२५ अंकले घटेको हो ।
आज सेयर बजार १.३६ प्रतिशतले घटेर परिसूचक २६१८.०३ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै बढेको छ । आज २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.३३ अंकले घटेर ४६७.४६ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ । परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ६ अर्ब माथिको मात्रै कारोबार भएको छ ।
आज सेयर बजारमा ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर ५७ हजार ९४७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

