


झापा इनर्जीको आईपीओ बाँडफाँड




काठमाडौं । झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेले आज बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले भदौ २० देखि सर्वसाधारणलाई ४ लाख ७३ हजार ३ सय ३६ कित्ता शेयर निष्काशन गरेको थियो। जसमा १८ लाख ६८ हजार १४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १८ लाख ३३ हजार ७ सय ३८ जनाको आवेदन स्वीकृत भएको छ।
आईपीओ बाँडफाँडमा ४७ हजार ३३३ जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन्। शेयर पाएका मध्येबाट ६ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्। आईपीओको नतिजा अनलाइनमा प्रकाशित हुन केही समय लाग्नेछ।