
सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६ हजार २०० रुपैयाँ र चाँदी १८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

