

के हो निर्जीवन बीमा ? सीयोदेखि जहाजसम्मको बीमा कसरी हुन्छ ?




काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले तपाईहरुको घर-सम्पत्तीको बीमा गर्ने गर्छन् । त्यस्तो किसिमको बीमालाई निर्जीवन बीमा भन्ने गरिन्छ । निर्जीवन बीमा कम्पनीहरुले मुख्य गरेर एक वर्षको मात्रै जोखिम धारण गर्ने गर्छन् । भनाईको मतलब तपाईले आफ्नो घर वा सम्पत्तीको बीमा गर्न चाहनु भयो भने प्रत्येक वर्ष बीमाशुल्क (प्रिमियम) बुझाउँनु पर्छ । सोही कारण तपाईले तिरेको रकमले एक वर्षसम्म तपाईको घर,सम्पतीको सुरक्षण हुने गर्छ ।
आज हामीले निर्जीवन बीमा के हो ? र यो किन गर्नेदेखी निर्जीवन बीमा कम्पनीहरुले कसरी काम गर्छन् ? भन्ने बारेमा केही चर्चा गर्नेछौं ।
सबैभन्दा पहिला निर्जीवन बीमा भनेको तपाईको घरमा रहेका स–साना सामाग्रीहरु सीयो,फालीदेखि ठूला उद्योग कलकारखाना र जहाजहरु सबै पर्छन् । यस्तो बीमा गर्नाले तपाईले बीमा गरेपछि आफनो सम्पत्तीको आगलागी, प्राकृतिक विपत्तीबाट हुने क्षती, चोरी जस्ता अवस्थामा आफ्नो (बीमांक) बीमाबाट पाइने अन्तिम रकम पाउँनु हुन्छ ।
कतिपयलाई बीमा कम्पनीहरुले हामीबाट जम्मा ४ हजार रुपैयाँ उठाएर कसरी एक करोड रुपैयाँ बराबरको घरको बीमा गर्छन् ? त भन्ने पनि लाग्न सक्छ । त्यस्तो लाग्नु स्वभाविक पनि हो किनभने बीमा कम्पनीहरुले थोरै मात्रामा रकम लगेको बेलामा धेरै रकम फिर्ता गर्ने सम्झौता गरेका हुन्छन् । बीमा कम्पनीहरुको सोही सम्झौता अनुसारकै काम नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि हुनेगर्छ । यदी तपाईले आफ्नो बीमालेख राम्रोसँग पढ्नु भएको छ या भनौ आफ्नो बीमालेखको बारेमा राम्रोसँग जानकारी राख्नु भएको छ भने तपाईलाई दाबी भुक्तानी दिन त्यति धेरै झन्झट हुँदैन ।
अब रहयो बीमा कम्पनीले कहाँबाट त्यत्रो पैसा ल्याउँछन् भन्ने कुरा । कुनै पनि निर्जीवन बीमा कम्पनीहरुले ठूलो संख्यामा बीमा गराएका हुन्छन् । उनीहरुले मानौ तपाई हामी १०० जनाबाट बीमाको लागि रकम लगे भने भोली त्यही मध्येको एक, दुई,पाँच वा २० जनालाई दुर्घटना वा कुनै पनि समस्या परेमा अघि उठाएको बीमाशुल्कबाट दाबी भुक्तानी पाउँने हो ।
मानौ तपाईले प्रभु इन्स्योरेन्समा बीमा गर्नु भएको छ वा नेको इन्स्योरेन्समा त्यसले खासै फरक पार्दैन । तर, ती दुवै कम्पनीहरुले तपाई हामी जस्ता धेरै जनको जोखिम एक साथ बहन गर्ने भएकाले उनीहरुलाई हाम्रो बीमांक रकम फिर्ता गर्न कुनै समस्या पर्दैन ।
अर्को कुरा भनेको बीमा कम्पनीहरुले आफ्नो व्यवसाय चलाउँन व्याक अप फण्डको समेत जोगाड गरेका हुन्छ । त्यसरी नै कतिपय बीमा र ठूला वित्तीय संस्था चलाउँने कम्पनीहरुले आफै समेत लगानी राखेर काम गरेका हुन्छन् । अब यसमा एउटा रोचक कुरा बाँकी नै छ । यदी बीमा कम्पनीहरुले १०० जनाको बीमा गर्दा १०० जना कै क्षति भएमा के हुन्छ ?
सबै बीमितको क्षती भए भुक्तानी पाइन्छ त,कसरी पाइएला ?
बीमा कम्पनीहरुले आफ्ना सबै जोखिमको पुनर्बीमा गराएका हुन्छन् । भनाईको मतलब उनीहरुले तपाई हाम्रो सबै जोखिम लगेर एक्लै आफ्नो कम्पनीको टाउकोमा मात्रै भार पार्दैनन् । उनीहरुले सोही जोखिमलाई विभिन्न ठाउँमा विभाजन गरेका हुन्छन् । यसलाई बीमामा बास्केट फण्डको सिद्धान्त भनिन्छ ।
के हो त बास्केट फण्ड ?
बीमा क्षेत्रमा बास्केट फण्डको सिद्धान्त निकै चर्चित र पुरानो भनाई हो । यो एउटा यस्तो सिद्धान्त हो जसको कारण तपाई हामीले बीमा गरेको रकम सहजै पाउँन सक्छौं । बीमा कम्पनीहरुले पनि आफ्नो व्यापार व्यावसाय सहज रुपमा अघि बढाउन सक्छौं । बास्केट फण्डको सिद्धान्तले मानौ तपाईले धेरै वटा अण्डा लिएर हिड्नु भएको छ भने त्यस्तो अवस्थामा सबै अण्डा एउटा बास्केटमा नराख भन्छ । तपाईहरुले धेरै वटा अण्डाहरु एउटै बास्केटमा राखेको बेलामा एउटा बास्केट फ्टयो भने सबै अण्डा खेर जान्छ । अब तपाईले ती अण्डाहरुलाई फरक-फक बास्केटमा राख्नु भयो भने एउटा बास्केट नस्ट हुँदा पनि अर्को बास्केटमा राखेको अण्डा बाँकी नै रहन्छ ।
यस भनाईको तात्पर्यलाई हामीले बीमामा जोडेर हेरौ । तपाईहरुले बास्केट भनेको पूनर्बीमा कम्पनीलाई सम्झनु पर्छ जहाँ बीमा कम्पनीहरुले तपाई हामीबाट उठाएका साना ठूला जोखिमलाई एक ठाउँमा राख्ने गर्छन् । यस उदाहरणबाट हामीले के बुझ्न सक्छौं भने विश्वका विभिन्न देशमा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो जोखिको पूनर्बीमा गर्ने भएकाले तपाई हामीले हलो, फालीको बीमा गरौं वा ठूलाल जहाजको उनीहरुले धमाधम जोखिम किन्ने काम गर्छन् ।
निर्जीवन बीमा क्षेत्रमा स साना उपकरणहरुदेखि ठूला सामाग्रीसम्मको जोखिमका रक्षावरण हुनेगर्छ । सोही कारण विश्वमा निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गरेकै कारण ठूला ठूला उद्योग कलकारखानाहरुले पनि आफू जति नै ठूलो भयवह अवस्थामा भए पनि बीमालाई जोखिम बेचेर आफ्नो दैनिक कार्य अघि बढाउँदै आएको पाइन्छ ।
बीमा कम्पनीहरुले पनि बीमितहरुले समयै काजपत्र उपलब्ध गराउँदा ठूला रकमको भुक्तानी पनि छोटो समयमै दिन आफूहरुलाई सहज भएको बताउँदै आएका छन् । तर, निर्जीवन बीमाको बारेमा थाहै नभई बीमा गर्नु भएको छ भने चाही तपाईले गरेको बीमाको उदेश्य पूरा नहुनसक्छ र तपाई र बीमा कम्पनी बिचमा ठूलो (मिस अण्डरस्टयाडीङ) बुझाईमा भिन्नताको अवस्था सिर्जना हुनसक्छ । सोही कारण तपाईले आफ्नो पैसा कहाँ लगानी गर्दैछु भन्ने कुराको राम्रो जानकारी लिएर मात्रै बीमा गर्न जरुरी छ ।