

अर्थ मन्त्रालयले राष्ट्र बैंक र धितोपत्र बोर्डलाई भन्यो-डिजिटल्ली भुक्तानी गर्नु




काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवाती चरणमा आईपुग्दा अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक एवम् धितोपत्र बोर्ड जस्ता मुख्य निकायलाई नै डिजिटल्ली भुक्तानी गर्न निर्देशन दिएको छ । सोहीअर्थ मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नु पर्ने बताएको हो ।
यता, अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र नै जारी गरेको छ ।
साथै, अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गर्दै निर्देशन जारी गरेको अवस्था छ।