

मौद्रिक नीति पछिको पहिलो कारोबारमा बढ्यो सेयर बजार




काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखिएको छ ।
आज बजार मापन गर्ने सूचक २९ अंकले बढेर परिसूचक २७६०.८० बिन्दु कायम भएको छ । इन्ट्रा डे कारोबारमा बजार २७९७ सम्म पुगेको थियो । ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार कित्ता सेयर ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा निर्जीबन बीमा, अन्य, जलविद्युत समूहको उपसूचक घटेको छ भने बैंकिङ, विकास बैंक, वित्त, माइक्रो फाइनान्स समूहको उपसूचकमा सुधार देखिएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जाको सीमा १५ करोड बाट बढाएर २५ करोड पुर्याएको छ ।
मौद्रिक नीतिले बैंकहरूले हकप्रद सेयर जारी गरेर पुँजी बढाउन पाउने व्यवस्था व्यवस्था गरेको छ । यस्तै लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश ९नगद वा बोनस० वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गरिने नीतिमा उल्लेख छ । यसले बजारलाई सकारात्मक प्रभाव पारेको छ ।