

सांग्रिला डेभलपमेन्ट बैंकको उदार कदम, विद्यार्थीलाई बाढ्यो स्टेशनरी सामग्री




काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो ।
एकेडेमीमा आयोजित कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरे । एकेडेमीमा आर्थिक रुपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिए । यो सहयोगले विद्यार्थीहरूको पठनपाठन अघि बढाउन सहज भएको भन्दै अध्यक्ष डा. खरेलले सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरे ।
आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता बैंकका प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीद्धाराले गरे ।