

लघुबीमा टार्गेटेड व्यक्तीलाई हो,ठूलो धक्का लाग्नबाट जोगाउँछ:बीमाविज्ञ शर्मा




काठमाडौं । बीमा विज्ञ भोजराज शर्माले तीन किसिमका बीमाहरु प्रचलनमा रहेको बताएका छन् । विज्ञ शर्माले बीमा दर्पण डटकमसँगको कुराकानीमा लघु बीमा विषेश गरेर (व्याकवार्ड पिपल) आर्थिक हैसियत कमजोर भएका व्यक्तीहरुका लागि भएको र यसबाट विपद्मा ठूलो राहात पुग्ने पनि स्पष्ट पारेका हुन् ।
लघुबीमाको महत्व माथी प्रकाश पार्दै शर्माले (लो इनकम) न्यून आम्दानी भएका नागरिकहरुले यसमा सहभागी हुन सक्ने सुझाव दिएका छन् । उनले लघुबीमाको मुख्य फर्मुला भनेको नै जसले बीमामा आवद्ध हुन सक्दैन त्यस्तालाई सस्तो मूल्यमा भए पनि बीमामा जोडौ भन्ने रहेको बताए । त्यस्तै, ठूला कर्मशियल बीमामा जोडिन नसक्ने तथा आफ्नो सम्पत्तीको स्केल समेत निकै कम भएका परिवारको जीवनमा पनि जोखिम रहने शर्मा बताउँछन् ।
के हो त लघुबीमा ?
हालसम्म लघुबीमाको स्पष्ट परिभाषाको बारेमा धेरै जना जानकार नभएको बेलामा विज्ञ शर्माले लघुबीमाको परिभाषा निकै सहज रहेको बताएका छन् । उनले ठूलो र महङ्गो बीमा किन्न नसक्ने टार्गेटेड व्यक्तीले सस्तो बीमा किन्न चाहने र एक हिसाबमा उनीहरुको अपेक्षा पूरा गर्ने बीमा नै लघुबीमा रहेको बताए । उनले आफूलाई हरखबत लघुबीमा कम्पनीहरुको नाम राखेर बीमा कम्पनीहरु संचालनमा आएको बेलामा भोली ठूला बीमा पोलिसी समेत बेच्न सक्ने सम्भावना रहेको र त्यस्तो बेलामा लघु बीमाको परिभाषा मर्ने उनको भनाई छ । तर, विज्ञ शर्माले बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले बृहद बीमालाई लघु बीमामा नजोडने कुरामा रेगुलेटरले कडाई गर्नु पर्नेमा जोड दिएका छन् । उनले त्यो पाटो रेगुलेटरको आफ्नो अध्यययनको पाटो समेत रहन सक्ने र त्यसमा समेत हाल (कन्ट्रोलको पाटो) नियमनको प्रयास भइरहेको हुनसक्ने बताए ।
यता, लघुबीमा विश्वका ठूला र धनी देशहरुमा पनि संचालनमा रहेको उनले स्पष्ट पारे । शर्माका अनुसार विश्वकै ठूला र धनी भनिएका देशमा पनि केहीनकेही मात्रामा (व्याकवार्ड) गरिब जनताहरु रहेकाले तीनिहरुले यस्तो बीमालेख खरिद गर्दै आएको शर्मा सुनाउँछन् ।
संयुक्त राज्य अमेरिकाको उदाहरण पेश गर्दै बीमा विज्ञ शर्माले बीाम दर्पण डटकमसँग भने,‘तपाईले अमेरिकामै हेर्नु भयो भने त रेड इण्डीयनहरु त छन् नी । खाली अब आफ्नो इनकम नहुने र अर्काले दिएको भरमा चल्ने त सबैभन्दा सफर हुन्छन् । केही नभए पनि उनीहरुसँग अलिकति भए पनि सम्पत्ती त छ नी हो त्यस्ताका लागि हो लघुबीमा ।’
उनले थपे,‘यो तीनवटा बीमा हुन्छ । एउटा कर्मशियल, अर्को लो इनकमवाला र अर्को विलो प्रोभर्टीवाला नो इनकमवालालाई हो । त्यस्ता सबै वर्गलाई बीमा चाहिन्छ र लघुबीमाले आर्थिक अवस्था कमजोर भएकालाई साथ दिन्छ ।’ शर्माले विपन्न वर्गका लागि बीमाको प्रिमियम तिर्ने र रेखदेख गर्ने काम राज्यले गर्नु पर्ने बताए ।
तर, धेरै मात्रामा विपन्न नागरिकहरु भएको देशमा त्यस्तो सरकारले सिधैं बीमा गर्न सम्भव नहुने भन्दै उनले लघु बीमाको प्रिमियम सस्तो बनाएर, यसमा राम्रो नियमन र निगरानी गरेर कतिपय राज्यले कर्मशियल बीमा कम्पनीलाई लघुबीमाको जिम्मा दिने पनि बताए ।
उनले उदाहरण पेश गर्दै भने,‘जस्तो कि पाँच सय रुपैयाँ दैनिक आम्दानी गर्छ भने उसले पचास रुपैयाँ तिरेर भए पनि बीमा गर्न पाउँनु पर्छ । जस्तो सुकै केही छैन भन्नेको घरमा पनि चर्खा हुनसक्छ, भाँडाकुडा हुनेगर्छ । किसानको घरमा कुटो, कोदालो हुनसक्छ । सिल्भरे भाँडाको संरक्षण गर्यो भने उसले भोली माटाको भाँडामा खानु पर्दैन । किसान दाजुभाईहरुले गाई बाध्ने नजिकै रायो साग रोपेको पाउँछौ । त्यस्तो बेलामा पनि उहाँहरुले प्रयोग गर्ने कुटो, कोदालोको निकै सस्तोमा बीमा गर्न पाउँनु हुन्छ । ठूला ट्याक्टरको मात्रै बीमा गर्नु पर्छ भन्ने छैन । बाढीले कुटो लान्छ भनेर पनि बीमा गर्नुपर्छ । यहाँ एउटा डर के छ भने कमर्शियल बीमामा बीमा कम्पनीले बीमा गर भन्छन्, या भनौ हुनेखानेले आफैं बीमा गर्छन् । तर, न्यून आय भएका नागरिकहरुलाई नै बीमाको आवश्यकता अझ बढी छ । कुनै विपन्न परिवारमा बुवाबो अकस्मात देहावसान भयो भने उनका छोराछोरीले फेरी तल्लो स्तरबाट कडा मेहनत गरेपछि मात्रै अहिलेको अवस्थामा उकासिन सक्छन् । सोही अवस्था नआओस् र विपद्मा केही लाख रुपैयाँको मात्रै भए पनि जोहो होस् भनेर नै लघुबीमा गर्ने गरिन्छ ।’