

मेरो हातमा हतकडी लागे पनि बन्द फाइलको धुलो टक्टक्याउनु होला : रास्वपाको विज्ञप्ती




काठमाडौं । सोमबारको जेनजी आन्दोलनसँगै बेलुकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत विज्ञप्ती जारी गरेको छ । सोही विज्ञप्ती पत्रमा पार्टी सभापति समेत रहेका रवि लामिछानेले आफ्ना कार्यकर्ताहरुलाई नौलो अपिल गरेका छन् ।
उनले विज्ञप्ती मार्फत उनले २५ वटा काण्डको खोजी गर्नु पर्ने सुझाएका छन् ।
आफूलाई गृहमन्त्री रमेश लेखक भएकै बेलामा मुद्धा लागेको खुलाएका छन् ।
भष्टचारको नाइके र कुशासनले १९ कलिला युवाहरुको ज्यान गएको भन्दै उनले दु:ख व्यक्त गरेका छन् । आयातीतलाई एक मिनेट पनि सत्तामा झेल्न नसकिने, जेन जी सहितको अन्तरिक नागरिक सरकार गठन गर्नु पर्ने, २०४६ सालपछिका सबै नीतिगत निर्णयहरुको समिक्षा गर्नुपर्ने, उच्च पदस्थ र तिनका आफन्तका सम्पत्ती छानविन गर्नु पर्ने उल्लेख गरिएको छ ।
साही विज्ञप्तीमा आजको हत्याकाण्डको छानविनका लागि न्यायिक आयोगको गठन गर्दै प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गर्नु पर्ने उनले सुझाएका छन् ।
यस्तो छ रास्वपाको विज्ञप्ती