

गभर्नर र बैंकका अध्यक्षहरूको छलफल सकियो, के थियो एजेण्डा ?




काठमाडौं । आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकका अध्यक्षहरूलाई छलफलमा डाँके। हिजो मात्रै बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरूसँग वार्ता भएको र सो सक्किन नपउँदै आज अध्यक्षहरूसँग भेटने तालिका तय भएको थियो । सोही तालिका बमोजिम सोल्टी होटेलमा आज गहन छलफल चलेको हो।
सोही छलफलमा गभर्नरले के एजेन्डा उठाए भन्ने विषयमा सबैको ध्यान खिचिएको छ । त्यसरी आम मानिसमा खड्कीएको विषय अरु केही नभएर वित्तीय क्षेत्रको आगामी रणनीति र भावि विकासमा छलफल केन्द्रित भएको प्रष्ट भएको छ ।
हालसम्म खाँका नै बनाएर यसरी अघि जाने भन्ने बारेमा केही चर्चा नभए पनि राष्ट्र बैंकमा उदाउदो गर्भनरको रुपमा व्यवसायी र शेयर बजार मैत्री देखिन पुगेका गर्भनर डा. पौडेलले बैंकका सीईओ तथा अध्यक्षलाई लाइभ फेस गरेका हुन् ।
हुन् त मौद्रिक नीति ल्याएसँगै मिडीयामा जवाफ दिन र तत्काल अन्तक्रिया दिन केही व्याक हटेका गर्भनरले अहिले भने बैंकका नेत्तृत्वकर्ताहरुसँग एकाएक छलफल गर्न पुगेका छन् ।
आर्थिक क्षेत्रका अन्य नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा भने मुख्य नेत्तृत्व पाउँदा कतिपय निलम्बित अध्यक्षले बीमा कम्पनीका सीईओहरु वान टु वान वार्ता मात्रै गरेको बेलामा यस्तै भेलाको अपेक्षा समेत गरिएको थियो । यद्यपी नेपाल राष्ट्र बैंकले भने संयुक्त भेलालाई नै प्राथमिकता दिने गरेको देखिन्छ ।
सोही क्रममा आजकै छलफलको विषयम केन्द्रित हुँदा बाफिया संशोधन गर्नेदेखि बैंकहरुको वास्तविक अवस्थाको समेत चित्रण गरिएको थियो । पछिल्लो समय अर्थतन्त्रले सेफ ल्याण्ड गर्दै गएको र विगका केही महिनाकै तुलनामा लगानीकर्ताहरुमा कन्फिडेन्ट डेभलप भएको बेलामा राष्ट्र बैंकले बैंकहरुले चलाउने बजेट, उनका नीति तथा कार्यक्रम, हालसालै सार्वजनिक भएको नयाँ मौद्रिक नीति लगायतका विषयलाई एजेण्डा बनाइएको बताइएको छ ।
यद्यपी यस्ता छलफलहरु आगामी दिनमा समेत आवश्यक रहेको छलफलमा सहभागीहरुले प्रतिक्रीया दिन सुरु गरेका छन् ।