

हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न




काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न भएको छ । आज हिमालयन बैंकको कार्यालयमा एफपीओ बाँडफाँडको सम्पन्न भएको हो । एफपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ । एफपीओमा १७ लाख बढी आवेदकले आवेदन दिएका थिए ।
बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ ।