

सिद्धार्थ बैंकका ग्राहकले सारंग हेल्थ केयरमा १० प्रतिशतसम्म छुट पाउने




काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयरले एक सम्झौता गरेका छन् । बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरिएको हो।
सोही सम्झौता अनुसार अब बखुडोल, ललितपुरस्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट कायम हुने गरी सम्झैता गरिएको छ।
सोही सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ।