

राजधानीमा एकछिन झरी पर्दा सर्वसाधारणलाई सास्ती (केही थान फोटोहरु)




एक्कै छिनको झरीले सडकमा विभिन्न अस्तव्यस्तता दर्शाएको छ । नागरिकलाई ठूला-साना सास्ती कायमै छन् । अझ कतिपय ठाउँमा फुटपाथमा राखिएका ब्लकहरुको छेटबाट समेत मूल फुटेको जसरी पानी निस्कीएका दृश्यकहरु सामान्य झै लाग्छन् ।
भनिन्छ , तस्बिरले हजार शब्द बोल्छ । त्यो पनि एउटै तस्बिरले ।
पत्रकारिका पढ्ने जो कोहीलाई यही विषयको सैद्धान्तिक ज्ञान समेत विश्वविद्यालयमा दिने गरिएको छ । जहाँ मोनालिसाको एक तस्बिरको उदाहरण हमेसा प्रस्तुत हुने गर्छ । र, भन्ने गरिन्छ मोनालिसाको तस्बिर आधा हाँसेको छ आधा गम्भिर मुद्रामा छ ।
सोही तस्बिरको व्याख्या विश्लेषणमा समेत धेरैजना विश्वका प्रख्यात चित्रकारहरुले घण्टौ बहस गरेका छन्, आफ्ना धारणा राखेका छन्, सोही तस्बिरको गम्भिर्यता माथि थप गहन हुँदै नयाँ नयाँ आइडीयाहरु प्रस्फुटन भएका छन् ।
त्यस्तो तस्बिरको व्याख्या गरेर धेरै विद्यार्थीले विश्वविद्यालय तह पार गरेका छन् । धेरै जना पास पाएका छन् । नयाँ सिर्जनामा समेत लागेका छन् ।
आज हामीले कुनै पनि मोनालिसाको तस्बिरको व्याख्या गर्न खोजेको होइन । बरु देशको नागपोखरी नक्साल क्षेत्रको एक सडकमा एकाएक उर्लिको बर्खाको पानी र त्यहाँ सर्वसाधारणले भोगेको सास्ती दर्शाउन खोजेका छौं । यो एउटा प्रतिनिधी या वर्षाको बेलामा उदाहरणका लागि एक स्थान साबित हुनसक्छ ।
अब बाँकी एक तस्बिरले १००० शब्द बोल्छ भनेझैं यो तस्बिरको व्याख्या तपाईहरुले आफ्नै ढंगबाट गर्नु होला ।
मोनालिसाको तस्बिर जस्तै हाम्रा सडकहरु हाँसेका हुन कि रोएका हुन् ?