


इन्ड्राइभद्वारा भाग्यमानी १० ग्राहकलाई ‘इलेक्ट्रीक’स्कुटर पुरस्कार प्रदान




काठमाडौं । राइड–सेयरिङ एप इन्ड्राइभले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको छ ।
संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै यात्रुहरुलाई उक्त पुरस्कारले सम्मान गरिएको हो।
इन्ड्राइभ नेपालकी चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईका अनुसार यो गिभअवे आफ्ना ग्राहकहरुको विश्वासको कदर गर्नका लागि गरिएको बताएकी छिन् । संस्थाले भव्य पुरस्कारको रूपमा १० जनालाई नयाँ स्कुटर प्राप्त गरे भने ३० जना यात्रुले स्माट वाच उपहार दिएको छ ।
इन्ड्राइभले आफ्ना यात्रु र चालकहरुको सुरक्षालाई मध्येनजर गर्दै प्रत्यकलाई ८ लाख रुपैयाँको बीमा सेवा उपलब्ध गराउने भएको छ ।