


सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि घट्यो




काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २२.५८ अंक घटेर २५०५.५८ विन्दुमा झरेको हो। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।
सेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब १० करोड १८ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।