


राजधानीमा तिहारको चहलपहल बढ्दै




काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड दीपावली अर्थात तिहार पर्व नजिकीदै गर्दा राजधानीमा चहल पहल बढ्न सुरु गरेको छ । कुकुर, काग, गाई, गोरु, लक्ष्मीदेखि भाईटीकासम्म मनाईने पर्व भएकाले तिहार अन्य पर्व भन्दा पृथक मनिन्छ ।
देउसी, भैलो खेल्नेदेखी त्यही देउँसीमा उठाएका पैसाले बनभोज खान जाने पुराना संस्कृती समेत रही आएका छन् । दाजुभाईलाई सात रंगका टीका लगाउँने, दिदी बहिनीलाई दान दक्षिणा दिनेदेखि, जाडो मौसमको सुरुवातमा तिहारमा तेल लगाउनेदेखि तागतवाला मसला खाने परम्परा समेत रही आएको पाइन्छ ।
देशको सबै भेगमा मनाईने यस वर्ष बडा दशैंसँगै आउने गर्छन । दशै सक्किएको करिब २ सातापछि सुरु हुने तिहारलाई झिलिमिलीको पर्वको रुपमा समेत व्याख्या गर्ने गरिएको छ ।
तिहारमा फूलदेखि फलफूलसम्मको व्यापार हुन्छ भने ओखर, मर मसला, सहपत्री, मखमली फुलहरुले समेत यस पर्वको महत्वलाई थप झल्काउने गर्छन् ।
आज तिहार नजिकीदै गर्दा राजधानीका केही स्थानमा चहल पहल बढ्न सुरु गरेको पाइएको हो ।