
लाखौं बीमितको बीमालेख जफत नहोस भन्दै नेपाल लाइफले जारी गर्यो सूचना
काठमाडौं । नेपालको सबैभन्दा धेरै चुक्ता पुँजी भएको र अधिकांश सूचकहरुमा अब्बल कम्पनी हो, नेपाल लाइफ इन्स्योरेन्स । सबैभन्दा धेरै बीमितको आवद्धताको आधारमा समेत उसले आफूलाई सबैभन्दा विश्वासिलो कम्पनीको रुपमा दाबी गर्दै आएको छ । अहिले सोही कम्पनीले आफ्ना ग्राहकहरु, कतिपय बीमितहरुलाई लक्षित गरेर सूचना सार्वजनिक गरेको छ ।
सोही सूचनालाई आधार मान्दा आगामी दिनमा बीमितहरुले बीमालेख सरेण्डर गर्ने भन्दा पनि बीमाले दिने लाभ पाउँन केन्द्रित हुनुपर्ने देखिन्छ । कतिपय अस्थामा बीमितहरुलाई पूर्ण जानकारी नभएको कारण पनि धेरै बीमालेख सरेण्डर भएको अवस्था छ । यस्तो अनुभव पुराना तथा ठूला कम्पनीहरुमा धेरै हुने गरेको पाइन्छ । कारण, उनीहरुको व्यवसाय पनि ठूलो छ ।
आफ्नो सरेन्डर भ्यालू, बीमांक रकम र बीमितले बुझाएको एक एक किस्ताले पनि बीमा क्षेत्रमा ठूलो अर्थ राख्ने गर्छ । अझ बीमा गर्ने व्यक्ती र निजको आश्रित परिवारमा उनले तिर्ने एक किस्ताको रकमले मात्रै पनि ठूलो अर्थ राख्ने गर्छ । सोही अनुसार बीमितले पाउने रकम, बोनस, कूल बीमांक लगायत अनेकौं सूचकहरुमा प्रत्यक्ष प्रभाव पर्ने गर्छ ।
यस्तो बेलामा नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरणको समयलाई नियाल्दै सूचना जारी गरेको छ । हेर्दा सामान्य ब्याक एण्ड ह्वाइटको एक पन्ने सूचनाहरु पनि अधिकांश बीमित र उनको सपनामा रंग भर्न सफल हुने देखिन्छ ।
सो सूचना नेपाल लाइफले हाल आफ्नो वेभ साइटमा राखेको छ । कम्पनीको साइटमा अन्य सूचनाहरु समेत उपलब्ध हुने गरे पनि यसपालि भने सबैभन्दा पहिलो क्लिकमा सो सूूचना आउँने बनाइएको छ ।
यस्तो छ नेपाल लाइफको सूचना :



