
भदौमा रिलायबल नेपाल लाइफद्वारा १० करोड ११ लाख रुपैयाँको बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको भदौ महिनामा १० करोड ११ लाख रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले सो अवधिमा प्राप्त कुल १ हजार ५३ वटा दाबीको सफल फछ्र्यौट गर्दै उक्त रकम भुक्तानी गरेको हो।


