
लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा चिफ बिजनेश अफिसर हुन्।
आचार्यलाई साउन १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकाल तोकेर सीईओमा नियुक्त गरिएको बैंकका कम्पनी सचिव हरि कृष्ण सुवेदीले जानकारी दिएका छन्।

