
निर्धन उत्थान लघुवित्तमा स्थायी कर्मचारी माग

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीको केन्द्र सञ्चालक पदमा केही संख्याका कर्मचारी माग गरेको छ।
कम्पनीले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो। यसका लागि एसईई वा सो सरहको परीक्षा पास गरेको व्यक्तिले आवेदन दिन सक्नेछन्।
उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ। कम्प्यूटर सम्बन्धी ज्ञान भएको र मोटरसाइकल/साइकल चलाउन सक्नेले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छुक व्यक्तिले साउन २३ गतेभित्र रितपूर्वक अनलाइन दरखास्त फाराम पेश गर्नु पर्नेछ।


