
यूनाईटेड अजोड इन्स्योरेन्सले पायो एशिया इन्स्योरेन्स अवार्ड



काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा सबल व्यवसाय गर्न सफल यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । एशिया इन्स्योरेन्स अवार्ड बेस्ट प्रक्टीस इनक्रप इन्स्योरेन्सबाट कम्पनी सम्मानित भएको हो ।
कम्पनीले सिक्थ इमर्जिंग एशिया इन्स्योरेन्स अवार्ड २०२५ पाएको हो । सो समारोह थाइल्याण्डस्थित बैंककमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
अवार्ड समारोहमा यूनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ रेना रिजाल सहभागी भएको थिइन ।




